डडेल्धुरा: डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको सरुवाअनुसार कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगाल, काठमाडौं प्रहरी महाशाखा वा मातहत मा खटाइएको छ।
उनको स्थानमा जिल्ला प्रहरी कार्यालय, पाल्पामा कार्यरत डीएसपी सुगन्ध श्रेष्ठ यहाँ आउने भएका छन्। सोमबार कार्कीसहित १४३ डीएसपीको सुरुवा भएको छ। डीएसपी कार्की गत वर्ष भदौ अन्तिम सातादेखि डडेल्धुराको प्रहरी प्रमुखका रूपमा कार्यरत थिए।