Radio Unity 92.2MHz

डडेल्धुरामा पनि मनाइयो रेविज दिवस, ५३ कुकुरलाई लगाइयो खोप

डडेल्धुरा: डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी १८औँ विश्व रेविज दिवस मनाइएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजनामा शनिवार ‘अवरोध हटाऔँ, रेविज उन्मूलन गरौँ’ भन्ने नारासहित रेविज दिवस मनाइएको हो।

दिवसका अवसरमा गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारमा ५३ वटा कुकुरलाई रेविजविरुद्धको खोप निःशुल्क लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख देवराज भट्टले जानकारी दिए।

उनका अनुसार जिल्लामा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो। रेविज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेविज दिवसको रूपमा मनाउने गरिन्छ।

पशु सेवा विभागले पशु सेवा विभागले रेविज दिवसमा असोज ६ देखि १२ सम्म विशेष सचेतनामूलक कार्यक्रम गर्न भन्दै ७५३ वटै स्थानीय तहलाई परिपत्रसमेत गरेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...