डडेल्धुराः जिल्लाको आलिताल गाउँपालिका–२ मा समुदायस्तरमा घुम्ती कानुन उपचार सेवा कार्यक्रम सम्पन्न भएको छ।
शनिवार सीमान्तकृत समुदाय र लक्षित वर्गका मानिसलाई कानूनी सहायतामा सहयोग गर्न उक्त कार्यक्रम गरिएको बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) डडेल्धुराले जनाएको छ।
न्यायमा पहुँच अभिवृद्धि परियोजनाअन्तर्गत घुम्ती कानुनी उपचार सेवा कार्यक्रममार्फत आलिताल–२ का सर्वसाधारणलाई विवाह दर्ता, मृत्यु दर्ता, बलविवाह, बहुविवाहसम्बन्धी कानुनको बारेमा ज्ञान सिकाएको परियोजनाका कार्यक्रम संयोजक धनबहादुर भण्डारीले बताए।
कार्यक्रममा वडाध्यक्ष प्रमोद मल्ल, बहुउद्देश्यीय विकास समाजका अध्यक्ष अशोक बम, अधिवक्ता युवराज जोशीलगायतको उपस्थिति रहेको थियो।