डडेल्धुरा: डडेल्धुरामा परेको असिनाले किसानले लगाएको तरकारी खेतीमा क्षति गरेको छ।
सोमबार दिउँसो ४ बजेतिर जिल्लाको नवदुर्गा गाउँपालिका–३ मा असिना पानी परेको हो। असिना पानीले रायो, खुसार्नी, बन्दा, काउली र हालै लगाएको आलुखेतीमा क्षति गरेको कृषक देवबहादुर धामीले बताए।
त्यस क्षेत्रका अधिकांश किसाकहरूको तरकारीमा क्षति पुगेको छ। क्षतिको यकिन विवरण भने आएको छैन। गहुँ बाली लगाउनका लागि भने पानीले किसानलाई राहत गरेको छ।