Radio Unity 92.2MHz

समाजवादी प्रेस संगठन डडेल्धुराको अध्यक्षमा भण्डारी

डडेल्धुरा: समाजवादी प्रेस संगठन नेपाल डडेल्धुराको अध्यक्षमा शेरबहादुर भण्डारी चयन भएका छन्। मंगलबार जिल्ला सदरमुकाममा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा टीकाराम साउँद र भरत चुनारा, सचिवमा भक्तबहादुर गाहा, सह–सचिवमा निर्मला विश्वकर्मा र पार्वती बोहरा र कोषाध्यक्ष टिकेश्वरी थापा सर्वसम्मत चयन भएको समाजवादी प्रेस संगठन सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हिक्मतबहादुर सिंहले जानकारी दिए।

कार्यसमितिका सदस्यहरूमा विमलप्रसाद बोहरा, ललिता रावल, कमला शाही, मनिष विसी, गोमती बोहरा, पूजा भण्डारी, सुनिता पार्की, भावना थापामगर, लक्ष्मी भट्ट, मेनुका साउँद, अमृत बोहरा र माधवी जोशी चयन भएका छन्। समाजवादी प्रेस संगठनले श्रमजीवी पत्रकारहरूका हक हितमा दत्तचित्त भएर काम गर्ने अध्यक्ष भण्डारीले बताए।

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य उत्तरसिंह विष्टले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...