Radio Unity 92.2MHz

डडेल्धुरामा शिक्षक कार्यसम्पादन मूल्यांकन व्यवस्थापनसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

डडेल्धुरा: डडेल्धुरामा शिक्षक कार्यसम्पादन मूल्यांकन व्यवस्थापनसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सोमबार शिक्षा विकास निर्देशनालय डोटीको आयोजनामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो।

उक्त गोष्ठीमा डडेल्धुरा, बैतडी र डोटीका शिक्षा विकास समन्वय ईकाई प्रमुख, तीन जिल्लाका पालिकाका शिक्षा युवा तथा खेलकुद शाखा र सरकारी विद्यालयका प्रधानाध्यापक गरी ३० जनाको सहभागिता रहेको थियो।

शैक्षिक सत्र शुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फारममा आफूले भर्नुपर्ने विवरण भरेर सम्बन्धित विद्यालयमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनुपर्ने व्यवस्था छ। मूल्याङ्कन फाराम भर्दा शिक्षकको कार्यसम्पादनको स्तर मापन गर्ने मात्र नभई सम्बन्धित विद्यालय तथा शैक्षिक निकायका लागि बढुवा, तालिम, शिक्षकको वृत्ति विकासका सम्बन्धमा निर्णय गर्ने वस्तुगत आधार पनि भएको उल्लेख छ।

कार्यसम्पादन फाराममा विवरण भरी समयमै विद्यालयमा दर्ता गरी सुपरीवेक्षकसमक्ष पेश गर्ने दायित्व शिक्षक स्वयंको भएको र त्यसपछि प्रक्रियागत रूपमा मूल्याङ्कनका अन्य चरणहरू पूरा गर्ने दायित्व सम्बन्धित पदाधिकारीको हुन्छ।

कार्य सम्पादन फारम भर्ने, विद्यालयमा दर्ता गर्ने र सम्बन्धित पदाधिकारीबाट मूल्याङ्कन गरी अङ्क प्रदान गर्नमा भएका कमजोरीले शिक्षकको वृत्ति विकासमा प्रत्यक्ष असर परेका प्रशस्त उदाहरण रहेको पाईएको छ। शिक्षक बढुवाका विषयमा आएका गुनासाहरूलाई कानुनबमोजिम न्यूनीकरण गर्न पनि कार्य सम्पादन मूल्याङ्कन फाराम भर्नेदेखि यसको मूल्याङ्कन गर्ने विभिन्न तहका पदाधिकारीहरूको भूमिका र प्रमाणित अभिलेखको निर्णायक स्थान हुने आयोगले बताएको छ।

कार्य सम्पादन मूल्याङ्कनका क्रममा भएका र हुनसक्ने कमीकमजोरी नियन्त्रण गर्न जिम्मेव बन्न समेत सबैलाइ निर्देश गर्नु भएको छ। जसमा कार्य सम्पादन मूल्याङ्कनवापत ३५ अङ्क पनि रहेको छ। यसलाई त्रुटिरहित व्यवस्थापन गर्नका लागि सबैलाइ अनुरोध गरेका छ्न्।

जसमा शिक्षकले शैक्षिक सत्र शुरु भएको ३० दिनभित्र फाराम विद्यालयमा दर्ता गरी सुपरीवेक्षक समक्ष पेश गर्नुपर्ने, योग्यता पुगेका पदाधिकारीले मात्र अङ्क दिई हस्ताक्षर गरेर मात्र पुनरावलोकन समितिमा पेश गर्नुपर्ने, सम्बन्धित खण्डहरूमा अङ्क प्रदान भएको यकिन गरी कम्तीमा २ जनाले हस्ताक्षर गर्नुपर्ने, हस्ताक्षर गर्ने सबै पदाधिकारीले आफ्नो परिचय खुल्ने गरी नाम, पद र सङ्केत नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भनिएको छ।

प्रधानाध्यापकले आफैँ सुपरीवेक्षक भए मूल्याङ्कन गरी १५ दिनभित्र पुनरावलोकन समितिमा पेश गर्नुपर्ने र प्रधानाध्यापक सुपरीवेक्षक नहुने अवस्थामा सुपरीवेक्षकसमक्ष ७ दिनभित्र्मा पेश गरिसक्नुपर्ने, पुनरावलोकन समितिले शैक्षिक सत्र शुरु भएको मितिले ९० दिनभित्रमा फारामको मूल्याङ्कन गर्नुपर्ने, फाराममा टिपेक्स तथा दस्तखतको रबर स्ट्याम्प प्रयोग गर्न नहुने तथा अङ्क प्रदान गर्दा केरमेट गर्न नहुने शिक्षा विकास निर्देशनालय डोटीका महानिर्देशक दुर्गादत्त विष्ट जानकारी दिए।

गोष्ठीमा सहभागीहरूलाई थप स्पष्ट पर्न आयोगले तयार पारेका विभिन्न नितिगत नियमहरु तथा कानुनहरूको बारेमा प्रोजेक्टको माध्यमबाट निर्देशनालयका उपसचिव मदनराज जोशीले स्पष्ट पारेका थिए। कार्यक्रममा परशुराम नगरपालिकाका शिक्षा शाखा लक्ष्मी विष्टले भने कार्यसम्पादन मूल्यांकनबारे धेरै दुबिधाहरू रहेका र यस कार्यक्रमले सबै स्पष्ट परेको बताइन्।

‘अब हामीलाई काम गर्न सजिलो भएको छ जसले गर्दा अहिलेसम्म भई आएका गल्ती सुधार गर्दै पालिकामा हुने प्रधानाध्यापकको बैठकमा यसबारे जानकारी गराइ सबैलाइ स्पष्ट पर्नेछु,’ उनले भनिन्।

सम्बन्धित पाेष्टहरु
Loading...