Radio Unity 92.2MHz

छचोडामा अज्ञात समूहले सिँचाइको पाइप काट्यो, स्थानीयलाई सास्ती

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–६ छचोडामा अज्ञात समूहले सिँचाइको पाइप काटेको छ। अज्ञात समूहले छचोडा सिँचाइको पाइप काट्दा स्थानीयलाई सास्ती भएको छ।

अज्ञात समूहले सिँचाइको पाइप काटेर टुक्राटुक्रा बनाएको छ। मंगलवार भजनपुर वडा कार्यालय जाने बाटो नजिक रहेको पुलको छेउमै पाइप काटेको स्थानीय धर्मराज ताम्राकारले बताए।

उनका अनुसार पाइप काट्दा गाउँमा पानीको समस्या खेप्नु परेको छ। पाइल कसले काटेको हो भन्ने पत्ता लाग्न सकेको छैन। उक्त पाइप काट्नेलाई कारबाहीका लागि प्रहरी चौकी पोखरामा निवेदन दिएको ताम्राकारले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...