Radio Unity 92.2MHz

भागेश्वर माविको स्वर्ण जयन्ती उद्घाटन, भलिबल खेलहरू आजदेखि

डडेल्धुरा: परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५०औं स्थापना दिवस (स्वर्ण जयन्ती) भव्य रूपमा मनाइरहेको छ।

आइतबारदेखि सुरु भएको स्वर्ण जयन्ती ८ गते सम्म चल्नेछ। कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका थिए।

श्रेष्ठलाई रगुन पुलबाट नै बाजागाजासहित विद्यालय परिवारले भव्य स्वागत गरेको थियो। कार्यक्रमको पहिलो दिन कलाकारहरू छत्र शाही र काँजल जोशीले दर्शकलाई नचाएका थिए।

वार्षिकोत्सवका अवसरमा विद्यालयले सर्वाधिक धनराशिको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि आयोजना गरेको छ।

सोमबारदेखि सुरु भएको भलिबल खेलमा पुरुषका १० टिम र महिला ६ गरी १६ टिमको सहभागिता रहेको छ। पुरुष भलिबल खेलको समूह ‘ए’ मा प्रमुख प्रशासकीय अछाम, अर्जुन वाण गण डडेल्धुरा, मेलैली नगरपालिका बैतडी ,सप्र बल न ७ अतरिया र शिखर नगरपालिका डोटी रहेका छन् भने समूह ‘बी’ मा नायल कन्स्ट्रक्सन एन्ड सुवोध मेडिकल आलिताल, परशुराम यातायात प्रालि जोगबुडा, कैलपाल निर्माण सेवा परिगाउँ, भागेश्वर मावि कटाल र लाटोडाडो बाग गर्मेन्ट आलिताल छ्न्।

यस्तै महिला भलिबल टिममा बोहरा हाडवेयर एन्ड सप्लायस, शुक्लाफाटा नगरपालिका झलारि, वीरन्द्र होटेल एन्ड लज, आलिताल गाउँपालिका, भागेश्वर मावि कटाल ए र भागेश्वर मावि कटाल बी रहेको भलिबलका राष्ट्रिय अम्पायर लक्ष्मण मडैले जानकारी दिए।

पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले तीन लाख रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख ५१ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छ। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ।

यस्तै खुल्ला महिला भलिबलतर्फ प्रथम हुने टिमले एक लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीय हुने टिमले ५० हजार रुयैयाँ प्राप्त गर्ने छन्। खेलहरू यहीँ फागन ८ गतेसम्म सञ्चाल हुनेछन्।

सम्बन्धित पाेष्टहरु
Loading...