Radio Unity 92.2MHz

महाशिवरात्रिको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम

डडेल्धुराः डडेल्धुरामा महाशिवरात्रि पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। बुधवार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय डडेल्धुराको आयोजना कार्यक्रम सम्पन्न भएको हो।

शाखाकी प्रमुख ब्रह्माकुमारी गंगाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी रहेका थिए। महाशिवरात्रि पर्वको अवसरमा विश्व शान्ति र अन्तर्राष्ट्रिय भातृत्वभाव स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी गंगाले बताइन्।

ओम् शान्ति बाटिकामा भएको कार्यक्रममा एकअर्कालाई महाशिवरात्रिको शुभकामना अदानप्रदान गरिएको थियो। यसका साथै सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको पनि सहभागिता थियो।

सम्बन्धित पाेष्टहरु
Loading...