डडेल्धुराः बैतडीको पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पार्कीको भव्य बिदाइ गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले प्रमुख प्रशासकीय अधिकृत पार्कीको बिदाइ गरिन्।
प्रमुख प्रशासकीय अधिकृत पार्कीको बाजागाजासहित बुधबार बिदाइ गरिएको हो। पार्की गएको असोज पहिलो साता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेपछि बुधबार बिदाइ गरिएको हो।
छोटो समयमा कुशलतापूर्वक कार्यसम्पादन गरेको भन्दै अधिकृत पार्कीको बजागाजासहित बिदाइ गरिएको बताइन्छ। पञ्चेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको बजागाजासहित बिदाइ गरिएको यो पहिलोपटक हो।
बिदाइ कार्यक्रममा पालिकामा रहँदासम्म कार्यसम्पादन मा सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी र पालिकाबासीलाई धन्यवाद दिए। प्रमुख प्रशासकीय पार्की बिदाइ गर्दै गाउँपालिका उपाध्यक्ष भट्टले आगामी कार्यकाल सफलताको कामना व्यक्त गरिन्।