डडेल्धुरा: डडेल्धुरामा झन्डै १७ लाख मूल्य बराबरका अखाद्य वस्तु नष्ट गरिएको छ।
आन्तरिक राजस्व कार्यालय डडेल्धुराले विभिन्न मितिमा यहाँका विभिन्न पसल, उद्योगलगायतमा अनुगमन गर्दा उक्त परिणामका अखाद्य वस्तु भेटिएपछि बरामद गरी नष्ट गरेको हो।

सोमबार आन्तरिक राजस्व कार्यालयको परिसरमा १६ लाख ८१ हजार २ सय ७५ मूल्य बराबरका अखाद्य वस्तु नष्ट गरिएको कर अधिकृत थानेश्वार अवस्थीले जानकारी दिए।

कार्यक्रमका प्रमुख कर अधिकृत भीमप्रसाद आचार्यको अध्यक्षतामा बरामद सामग्री नष्ट गरिएको हो। अनुगमनका क्रममा फेला परेका खानै नमिल्ने स्वादेशी तथा विदेशी प्रतिबन्धित सामानहरू नष्ट गरिएको कर अधिकृत अवस्थीले बताए।
अनुगमन समितिका संयोजकसमेत रहेका प्रमुख कर अधिकृत अर्यालले पसलमा मूल्यसूची राख्न निर्देशन दिनुका साथै दर्ता नभएका पसलहरुलाई दर्ता गर्नसमेत निर्देशन दिइरहेको बताए। नापतौल व्यवस्थित गर्न, होटलको सरसफाईलाई पनि विषेश ध्यान दिन पनि निर्देशन दिइएको उनले बताए।

पहिलो चरणमा चेतावनी स्वरुप सचेत गराइएको र भनेको नम्ने अटेरि गर्नेलाई कारबाही गर्ने समेत गरिनेले उनले बताए। अखाद्य वस्तु नष्ट प्रमुख कर अधिकृत, कर अधिकृत, अमरगढी नगरपालिकाका प्रतिनिधि, उद्योग वाणिज्य संघ डडेल्धुराका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि, पत्रकारलगायको सहभागिता रहेको थियो।



