Radio Unity 92.2MHz

ब्याडमिन्टनको पुरस्कार बाढीपीडितलाई, बोहरा र ऐरले दिए १० हजार

डडेल्धुरा: डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका योगेश बोहरा र भरतबहादुर ऐरले पुरस्कारबापत पाएको रकम बाढीपीडितका लागि सहयोग गरेका छन्।

प्रतियोगितामा दोस्रो भएबापत प्राप्त १० हजार रुपैयाँ उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेका हुन्।

भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले पुरस्कारबापतको रकम सहयोग गरिएको उनीहरूको भनाइ छ।

जिल्ला खेलकुद समितिले प्रतियोगिताका क्रममा उनीहरूले गरेको सहयोगको प्रशंसा गर्दै बाढी प्रभावितका लागि पुरस्कारको रकम उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेको छ।

जिल्ला खेलकुद समितिको आयोजनामा भदौ २७ र २८ गते समितिकै कभर्डहलमा सञ्चालन भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा विभिन्न टिमबीच रोमाञ्चक प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ।

यो पनि पढ्नुहोस् : डडेल्धुरामा केसी–मल्लको जोडीलाई ब्याडमिन्टनको उपाधि

 

सम्बन्धित पाेष्टहरु
Loading...