Radio Unity 92.2MHz

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ। प्रदेशका आर्थिक ममिला मन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेशसभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार बराबरका बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३) दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ। अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातफृ एक करोड विनियोजन गरिएको छ।

स्रोत व्यहोर्ने शीर्षकमा सबैभन्दा बढी नेपाल सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख राखिएको छ भने नेपाल सरकारको सरकारी वित्तिय समानीकरण अनुदानतर्फ ८ अर्ब ९२ करोड ५६लाख राखिएको छ।

यस्तै चालु आर्थिक वर्षको बचत हुने रकम ७ अर्ब ६६ करोड ६३ लाख हुने अनुमान गरिएको छ भने सशर्त अनुदानबाट चार अर्ब ३ लाख, आन्तरिक राजश्व परिचालन एक अर्ब ६५ लाख, संघीय समपुरक अनुदान ६० करोड २६ लाख, विशेष अनुदान ख५१ करोड ६० लाख हुने अनुमान गरिएको छ।

हेर्नुस् पूर्णपाठ– बजेट वक्तव्य _uzbfyxm

सम्बन्धित पाेष्टहरु
Loading...