डडेल्धुरा: डडेल्धुरामा नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा जनार्दन गौतम आउने भएका छन्। यहाँका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको गृह मन्त्रालय सरुवा भएपछि नयाँ सिडिओको रूपमा गौतम आएका हुन्।
उनी यसअघि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत थिए। गौतम डडेल्धुरामा आउने तेस्रो सहसचिव सिडिओ हुन्। यसअघि जगन्नाथ पन्त र बन्धुप्रसाद बास्तोला सहसचिव सिडिओका रूपमा आएका थिए।
लामो समयदेखि डडेल्धुरामा उपसचिव सिडिओले कार्यसम्पादन गर्दै आएका छन्। यसका साथै गृह मन्त्रालयले डडेल्धुरामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा उपसचिव सावित्रा पुनलाई खटाएको छ। उनी हाल सल्यानमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छिन्।