Radio Unity 92.2MHz

डडेल्धुरामा बजाज कम्पनीको मोटरसाइकल साटा–साट मेला सञ्चालन

डडेल्धुरा: बजाज कम्पनीले डडेल्धुरा सदरमुकाममा मोटरसाइकल साटा–साट मेला सञ्चालन गरेको छ। ग्राहकहरूका लागि विशेष सुविधासहित बजाज कम्पनीले जिल्ला सदरमुकाममा मोटरसाइकल साटा–साट मेला सञ्चालन गरेको हो।

यही असार ६ गतेदेखि सुरु भएको मोटरसाइकल साटा–साट मेला असार ११ गतेसम्म सञ्चालन गरिने बजाज कम्पनीले जनाएको छ। उक्त मेला जिल्ला सदरमुकामस्थित तुफानडाँडामा सञ्चालन भइरहेको छ। कैलालीको अत्तरियामा रहेको रुद्र आटोमोटिभ्सले यहाँ आएर मोटरसाइकल साटा–साट मेला सञ्चालन गरिरहेको हो।

प्रति महिनामा १५–२० हजार किस्ता राख्दै आएको कम्पनीले मेलामा प्रति महिना ३–५ हजारको किस्ता राख्नुको साथै ५० प्रतिशत रकम बुझाएर मोटरसाइकल लिन पाइने व्यवस्था गरिएको छ। पुरानो मोटरसाइकललाइ प्राविधिक मुल्याङ्कणका आधारमा नयाँ मोटरसाइकलसँग पुरानो मोटरसाइकल विनिमय गर्न पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले दशैँतिहारको भन्दा अहिले विशेष छुटको अफर दिएको दाबी गरेको छ। फाइनान्स गर्नेलाई ६ हजार नगद छुट, लेकगार्ड र हेल्मेट निःशुल्क दिनुको साथै झोला उपहार प्रदान गरिनेछ। पुरानो मोटरसाइकलसँग नयाँ मोटरसाइकल विनिमय गर्नेलाई प्राविधिक मुल्याङ्कणमा १० हजार थप गरेर लेकगार्ड र हेल्मेट निःशुल्क दिने व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...