डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित आइन्स्टाइन पब्लिक स्कुलले ‘जनचेतनामूलक सरसफाइ अभियान’ सम्पन्न गरेको छ।
शुक्रबारे कार्यक्रमअन्तर्गत आज विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरूको सहभागितामा विद्यालय परिसरदेखि तुफानडाँडा चोकसम्म सरसफाइ अभियान सञ्चालन गरिएको हो।
सरसफाई अभियान सम्पन्न गर्नुका साथै स्कुल परिसर भित्रै सरसफाई अभियान समीक्ष कार्यक्रमलगायात विविध सांस्कृतिक क्रियाकलाप र प्रतीभा पहिचान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल रामप्रसाद अवस्थीले जानकारी दिए ।
कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका शिक्षक, विद्यार्थी, व्यवस्थापन टिम, नेपाल प्रहरी, पत्रकार तथा सम्पूर्ण सहयोगीहरूलाई प्रधानाध्यापक अवस्थीले धन्यवाद ज्ञापन गरे।
