Radio Unity 92.2MHz

रडुवामा पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध

खलंगा: डडेल्धुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ।

गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सोमबार बिहन करिब ८ः२५ बजेतिर  पहिरो खसेपछि सडक अवरुद्ध भई आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालयले डडेल्धुराले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेको छन्। डडेल्धुरामा लगातार भारी वर्षा भइरहेकाले सडक खुलाउन अझै केही समय लाग्ने ट्राफिक प्रहरी दीपक बलायर जानकारी दिए।

यस्तै, भीमदत्त राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो। पहिरो हटाउने प्रयास भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...