डडेल्धुरा: पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। पहिरो हटाएपछि राजमार्ग सुचारु भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरो गएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो।
यस्तै, डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग भने फेरि अवरुद्ध भएको छ। डडेल्धुराको गन्यापधुरास्थित रडुवा खोला क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। यसअघि केही समयका लागि राजमार्ग सुचारु भएको थियो।