केआइसिंह राजमार्ग सञ्चालन ✍️ खबर संवाददाता प्रकाशित मिति : २०८२ भाद्र १६, सोमबार १२:१५ डडेल्धुरा: पहिरो खस्दा अवरुद्ध बनेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ। गन्यापधुरा गाउँपालिका–२ रडुवा खोला क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएकोमा अहिले सुचारु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।