डडेल्धुरा: अजयमेरु गाउँपालिका–२ चमडामा हुने भनिएको ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ स्थगित भएको छ।
आयोजक अजयमेरु गाउँपालिका–२ नम्बर वडा कार्यालयले यहीँ भदौ १८ गतेदेखि २१ गतेसम्म हुने भनिएको महोत्सव अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
प्रतिकूल मौसमका कारणले महोत्सव स्थगित गर्नुपरेको वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता शिवराज भट्टले जानकारी दिए। मौसममा सुधार भएपछि महोत्सवको नयाँ मिति सार्वजनिक गरिने उनले बताए। डडेल्धुरामा तीन दिन यतादेखि लगातार वर्षा भइरहेको छ।
ऐतिहासिक पर्यटकीय स्थल अजयमेरु कोटलगायत अन्य धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको थियो। महोत्सवमा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता पनि गर्ने तालिका थियो।
वडा कार्यालयले जारी गरेको सूचना–
