Radio Unity 92.2MHz

लर्नर मिसन कम्प्युटर सेन्टरले क्षतिग्रस्त सरकारी कार्यालयका कम्प्युटर निःशुल्क मर्मत गर्ने

डडेल्धुरा: लर्नर मिसन कम्प्युटर ट्रेनिङ सेन्टर डडेल्धुराले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयका कम्प्युटर, प्रिन्टरलगायत सामानहरू निःशुल्क रूपमा मर्मत गर्ने भएको छ।

जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित लर्नर मिसन कम्प्युटरले क्षतिग्रस्त सरकारी कार्यालयका कम्युटर, प्रिन्टर तथा अन्य सामानहरू निःशुल्क मर्मत गरिदिने सञ्चालक गोविन्द ओझाले जानकारी दिए।

उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भएको क्षतिबाट तत्काल सेवा सञ्चालनमा कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै निःशुल्क सहयोगको घोषण गरिएको हो।

आन्दोलनकारीहरूले जिल्लामा अमरगढी नगरपालिका, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात, निर्वाचनगायत सरकारी कार्यालयमा तोडफोड गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...