Radio Unity 92.2MHz

डडेल्धुराका डीएसपी श्रेष्ठको सरुवा, सिंह आउँदै

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठको सरुवा भएको छ।

श्रेष्ठको कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखा सुर्खेत सरुवा भएको हो। उनको स्थानमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी वरुणबहादुर सिंह डडेल्धुरा आउँदैछन्।

प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवारकाज भएको मानवश्रोत विकास विभागले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...