Radio Unity 92.2MHz

बस र मोटरसाइकल ठोक्किँदा डडेल्धुराका भाटको मृत्यु

धनगढीः कैलालीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा एक युवकको मृत्यु भएको छ।

जिल्लाको घोडघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ८४५४ नम्बरको बस र विपरीत दिशादेखि आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

सो दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपापालिका–४ भलकुडा बस्ने ३१ वर्षीय दर्शनसिंह भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा भाट गम्भीर घाइते भएका थिए। उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको बताइन्छ।

ठक्कर दिने बस र बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मरसिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...