डडेल्धुरा: डडेल्धुराका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दसैँ, तिहार र छठ नजिकिएसँगै जिल्लामा आउने यात्रुको सहायताका लागि कक्ष स्थापना गरेको हो।
जिल्लाको बसपार्क बागबजार, स्याउले र तुफानडाँडामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। आइतवार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रिवन काटेर यात्रु सहायता कक्षको उद्घाटन गरे।
यात्रुहरूको सहजता र सुरक्षित यात्रालाई मध्यनजर राख्दै चाडपर्वको समयमा हुनसक्ने सम्भावित अपराध, दुव्र्यवहार नियन्त्रण र यात्रुहरूका गुनासो तथा समस्या समाधान गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिप्रका डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए।
उनका अनुसार जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको हो।

