डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध लगाइएका तथ्यहीन आरोपको विरोधमा सो पार्टीको युवा संगठन वाईसीएल नेपाल, डडेलधुराले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। वाईसीएलले बुधबार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत ज्ञापनपत्र बुझाएको हो।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न मिडियामार्फत ‘घर जलाइँदाअघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो’ भन्ने कपोलकल्पित र राजनीतिक प्रतिशोधयुक्त आरोप लगाएको भन्दै वाईसीएलले आपत्ति जनाएको छ। उनीहरूले यस्ता भ्रामक कार्य देशलाई अस्थिर पार्ने प्रवृत्ति भएको र यसले आन्दोलनका वास्तविक मागहरूलाई ओझेलमा पार्न खोजेको दाबी गरेका छन्।
वाईसीएल नेपाल, डडेलधुराका जिल्ला अध्यक्ष मानबहादुर महताको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रचण्डविरुद्ध फैलाइएको उक्त झूठा आरोपको घोर भत्र्सना गरेको छ। वाईसिएलले सम्बन्धित व्यक्तिहरूमाथि साइबर अपराधअन्तर्गत कानूनी अनुसन्धान गरी कारबाही गर्न जोडदार माग गरेको छ।
ज्ञापनपत्र बुझाउने क्रममा वाईसीएल नेपाल सुदूरपश्चिम विशेष प्रदेश जिल्ला अध्यक्ष आदित्य दाहाल, अमरगढी नगर कमिटी अध्यक्ष तुलाराम सार्की, अमरगढी नगर कमिटी उपाध्यक्ष गंगा ताम्राकार, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य, अजयमेरु गाउँपालिका इन्चार्ज र अखिल महिला सङ्गठन क्रान्तिकारी जिल्ला संयोजक कलापति भाणलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
ज्ञापनपत्र बुझाएपछि अध्यक्ष महताले राजनीतिक प्रतिशोध साँध्न र भ्रम फैलाउन यस्ता हर्कत गरिएकाले प्रशासनले तत्काल सत्यतथ्य पत्ता लगाई कानूनी दायरामा ल्याउनुपर्ने बताए।
ज्ञापनपत्र–
