Radio Unity 92.2MHz

बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दले छाडे एमाले पार्टी

बैतडी: नेकपा (एमाले) प्रदेश कमिटी सल्लाहकार सदस्य गोरखबहादुर चन्दले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बैतडीबाट एमालेले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले परित्याग गरेको जानकारी फेसबुकमार्फत् गराएका हुन्।

लामो समयदेखि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एमालेसँग आवद्ध चन्दले आन्तरिक गुटबन्दी, नेतृत्वको व्यवहार र आफूविरुद्ध चलाइएका गतिविधिका कारण पार्टीबाट बाहिरिन बाध्य भएको बताए।

उनी २०४७ सालमा स्व. उत्तमबहादुर चन्दको प्रेरणा र तत्कालीन महासचिव दिवंगत मदन भण्डारीको विचारबाट प्रभावित भएर चन्द कम्युनिस्ट आन्दोलनमा होमिएका थिए। एमाले र मानन्धर समूहको एकीकरणपछि उनी बैतडीका संस्थापक सदस्यसमेत बनेका थिए।

शिक्षण पेशामा १५ वर्षभन्दा बढी समय बिताएका चन्द १० वर्ष कुलाउ माध्यमिक विद्यालयका प्राचार्य तथा ५ वर्ष क्याम्पस प्रमुखसमेत रहे। २०७४ सालमा एमाले नेताहरू दामोदर भण्डारी र लिलाधर भट्टको आग्रहमा आफ्नो जागिर त्यागेर चुनावी अभियानमा सहभागिता जनाएको उनी बताउँछन्।

उनी पञ्चेश्वर गाउँपालिका अध्यक्षसमेत हुन्। पञ्चेश्वरका जनताले उनलाई अध्यक्षमा दुई कार्यकालसम्म विजय गराएका थिए। तर पछिल्ला वर्षहरूमा जिल्ला नेतृत्वले जनप्रतिनिधि तथा कार्यकर्ताबीच द्वन्द्व सिर्जना गरेको, आफूविरुद्ध निरन्तर जालझेल गरिएको र पार्टीभित्रको गुटबन्दी, चाकरी र निरङ्कुशता असह्य बनेको उनले आरोप लगाए।

विशेषगरी एमाले नेता लिलाधर भट्टले प्रतिस्पर्धाको भयले नजिकका नेताहरूलाई प्रयोग गरी आफूविरुद्ध षड्यन्त्र गरिएको चन्दको दाबी छ। हालै मात्र पार्टी महाधिवेशन प्रतिनिधि बन्न नदिएको, पालिका उपाध्यक्ष बिना भट्ट र केही वडाअध्यक्षहरूलाई आफूविरुद्ध उभ्याएको तथा राप्रपाबाट आएका रामसिंह पुजारालाई समेत विरोधमा लगाइएको उनले उल्लेख गरे।

‘तल्लो स्वराडका जनताको भोटले मन्त्री–सांसद बन्ने, चुनावमा प्रयोग गर्ने तर विकास निर्माणमा बेवास्ता गर्ने प्रवृत्ति वर्षौँदेखि देखिँदै आएको छ,’ चन्दले भने।

पार्टीभित्र लोकतान्त्रिक अभ्यासभन्दा गुटगत स्वार्थ हाबी भएको, स्वाभिमानी कार्यकर्ताको आवाज दबाउने प्रवृत्तिले निराश बनाएको र अब एमालेमा बसेर काम गर्न सम्भव नरहेको उनले स्पष्ट पारे। चन्दले आफूलाई साथ दिने सबै नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै जीवनका कुनै मोडमा फेरि भेट भने हुने विश्वास व्यक्त गरेका छन्।

एमाले बैतडीले विवाद जारी रहे पनि १५ जना सर्वसम्मत प्रतिनिधि छनोट गरिएको भन्दै शनिबार नै सूची सार्वजनिक गरेको थियो। खुलाबाट सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनोट गरिएको थियो।

यस्तै महिला क्लस्टरबाट धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली प्रतिनिधि छनोट भएका छन्। यस्तै दलिततर्फ नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्कीलाई प्रतिनिधि छनोट गरिएको छ भने युवा क्लस्टरबाट गोविन्द गिरीलाई प्रतिनिधि छनोट गरिएको छ।

यस्तो छ चन्दको स्टाटस

आजदेखि नेकपा एमाले बैतडी पार्टीको जिम्मा लिलाधर भट्टलाइ जिल्लामा तथा गाउपालिका पार्टीको जिम्मा बिना भट्ट र रामसिह पुजारालाइ हस्तान्तरण गर्दै म अफू नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु । लामो समय सम्म प्रत्यक्ष /अप्रत्यक्ष रुपमा नेकपा एमाले पार्टीमा रहि जोडिने अवसर मिल्यो खासगरि 2047 सालमा मेरा अादरणिय गुरु स्वर्गीय उ्त्तम बहादुर चन्दको प्रेरणा बाट कम्युनिष्ट बन्ने सौभाग्य प्राप्त भएको थियो ततपश्चात काठमाडौंको टुडिखेलमा तत्कालीन महासचिव मदन कुमार भण्डारीको भाषण बाट पनि निकै प्रभावित हुन पुगेर पार्टिमा जोडिनै पुगे 2047 सालमा मान्नधर समूह एमालेमा विलय भएपछि म पनि बैतडी जिल्लाको सस्थापक सदस्य हुन पुगे
पछि जिविकको पार्जन गर्ने सिलसिलामा लामो समय सम्म शिक्षण पेशामा रहेर अनुभव हासिल गरियो। 10 वर्षसम्म कुलाउ माध्यमिक विद्यायमा प्राचार्य भएर 5 वर्षसम्म क्याम्पस प्रमुख भएर उच्च शिक्षा अध्यन अध्यापन गर्ने मौका पनि मिल्यो 2074 सालमा दामोदर भण्डारी लिलाधर भट्टलृ मेरो विद्यालयमा अाएर 3 दिनसम्म हारगुहार गरेपछि मेरो हुदाखादाको जागिर समेत छुटायो । शून्यबाट शुरुवात गरेको चुनावी अभियानजना अभियानमा 2/ 2 कार्यकालमा पञ्चेश्वरका जनताहरुले उच्च मुल्यांकन गर्दै बबहुमतका साथ विजय गराए,यो अवसरमा ति न्यायप्रेमि जनताहरुको उच्च सम्मान गर्दै अाभार प्रकट गर्न चाहान्छ काम गर्ने सिलसिलामा मेरो हातले थुप्रै कमिकमजोरीहरु भएका होलान दुधले धोएको म पनि नहुन सक्छु त्यसका लागि क्षमा प्राथि छु। पञ्चेश्वर गाउपालिकाम केहि सम्झनलायक कामहरु पनि भएका छन गाउगाउमा सडकहरु पुर्याएका छौ बिद्धुतीकरण भएको छ खानेपानि शिक्षा स्वास्थ्य मा केहि सकारात्मक कुराहरु भएका छन तर विगत केहि वर्षयतादेखि जसरी कामकाज अगाडी बढ्नु पर्ने हो त्यसरी नबढेको महशुस हामले पनि गरेका छौ र जनताहरुले पनि गरेका छन त्यसको कारण जिल्ला नेतृत्वले यहाका जनप्रतिनिधिहरुबिच पार्टी कार्यकरताहरु बिच द्वन्द सृजना गर्नु गराउनु नै हो खासगरेर लिलाधर भट्टले मेरो लोकपृयता भूगोल र हाइटले गर्दा छटपटाएर मेरा विरुद्ध अनेकौ जालझेल र तानाबुना बुनिरहे त्यतिले मात्रै नपुेर मलाई पार्टी बाट निष्कासन गर्ने दुशप्रायाश समेत गरेको कुरा छर्लङ्गै छ ।मलाई लिलाधर भट्टलेअाफ्नो प्रतिस्प्रति देखेपछि पार्टी बाट हटाउन अनेकनौ जालझेल निरन्तर लागिरह्यो पछिल्लो घटना मलाई पार्टी प्रतिनिधि हुन नदिने त्यसैको उदाहरण हो पञ्चेश्वरकी उपाध्यक्ष बिनाभटट्तथा एकदुइजना वडाअध्यक्षहरुलाइ मेरा विरुद्ध परिचालित गरिनै रह्यो । हालसालै राप्रपा बाट अाएकानैतिक पतनभएका वडाअध्क्ष राम सिहपुजारालाइ मेरा विरुद्ध उम्मेदवारी हाल्न लगाइयो ।म अाफै निरङ्कुशताका विरुद्ध लडेको मान्छे बहुदलीय प्रजातन्त्रका /लोकतन्त्रका लडेकोमान्छेथुनिएको मान्छे बेलाबेलामा फरक मत राखेवाफत पार्टी बाट निरुङकुशतको शिकारबन्न पुगे थुप्रै पटक कार्यवाहि भोग्नु पर्यो। यो पार्टी भित्रको चरम गुटबन्दी चाकरी चापलुसी झोले प्रथाले बेलाबेलामा उकुसमुकुस हुन्थ्यो पार्टी भित्रको लोकतान्त्रिकरण तथानिरकुङकुशताका विरुद्ध बेलाबेला लडिरहे तर सकेन झोलेहरुको बहुमत भयो म मेरो भूगोल तल्ल‍ो स्वराडका जनताहरुको कुरा उठाइरहन्थे तर तिनिहरु हामीले मात्रै शासनगर्नु पर्छ नेताहामीले मात्रै हुनु पर्छतल्लो स्वराडको मान्छे नेता हुनन सक्दैन कार्यकर्ता मात्रै हुन सक्छ भनेर हामीलाई झोला बोकाइरहन्थे यि र यस्ता थुप्रै प्रवृतिले म जस्ता स्वाभिमानी कार्कर्ताको लागि असहनिय कुरा हुन पुग्यो। तल्लो स्वराडका जनताहरुको भोटले मन्त्री हुने सान्सद हुने भोट बैंक बनाउने निर्वाचनमा use गर्नेपछि चुनव जितिसकेपछि 1/2 योजना दिएर चित्त बुझाउ भन्नेखालको परिपाटी उहिले देखि नै रहिरह्यो। कित जोतहलो कि त छोडथलो भन्ने नारा अाजभन्दा सयौ वर्ष अगाडि भिम दत्त पन्तले लगाए थिए ठिकत्यसको विपरित नारा कित बन झोले नत छैन भलो भन्ने नारा पार्टी भित्र लगाइयो पार्टी भित्रका हजारौ स्वाभिमानी कार्यकर्ताहरु यो अवस्था बाट गुजररी रहे। सहन सक्ने पार्टीमानै रहिरहेकैछन सहन नसक्ने कातिपय नेता कर््ता पार्टीबाट बहिर्गमन भएका छन यो तितो सत्य हो यो तितो सत्यलाइ मध्यनजर गर्दै अब उप्रान्त यो पार्टिमा रहेर कामकाजदगर्ने अवस्था रहेन । लिलाधरजीका लागि पनि मार्ग प्रशस्त गर्न यो कठो र र अपृयनिर्णय गर्न बाध्य भए यहाँ सम्म साथसहयोग गर्ने पार्टी भित्रका स्वाभाविमानि नेता कार्कर्ताहरुलाइ सलाम गर्नचाहान्छु जीन्दगीको यनत्रामा कुनै न कुनै मोडमा भेट भइ नै रहनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...