डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको सरुवा भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको पूवीचौकी गाउँपालिका डोटी सरुवा गरेको हो।
रोकाको स्थानमा पूवीचौकीबाट देवीप्रसाद जोशी नयाँ प्रमुख प्रशासकीय अधिकृत रूपमा नवदुर्गा आउने भएका छन्।