Radio Unity 92.2MHz

प्रतिनिधिसभा निर्वाचन : नेकपा डडेल्धुराद्वारा उम्मेदवारहरूको नाम सिफारिस

डडेल्धुराः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूहरूको नाम सिफारिस गरेको छ।

बिहीवार सम्पन्न नेकपा डडेल्धुराको बैठकले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो। बैठकको निर्णयअनुसार प्रत्यक्षमा महिलातर्फ निरादेवी जैरु, खुल्लातर्फ मानसिंह माल (क्रान्ति) र अनिल बोहरा तथा जेन्जी तर्फबाट मुकुन्द भट्टको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको नेकपा डडेल्धुराले जनाएको छ।

यसैगरी समानुपातिकतर्फ नरबहादुर विष्ट, टेकबहादुर भण्डारी, सकुन्तला नगरकोटी, लक्ष्मी कामी, नन्दादेवी भट्ट, वीरेन्द्र मल्ल, जयन्ती बुढाऐर, नरभान पार्की, अहिल्या कुँवर र धर्मदेव लुहारको नाम सिफारिस गरिएको छ।

पार्टीले समावेशी प्रतिनिधित्व,जेन्जी आन्दोलनको मर्म र भावना संगठनात्मक सन्तुलन र निर्वाचनमा प्रभावकारी प्रतिस्पर्धालाई ध्यानमा राख्दै उम्मेदवार सिफारिस गरिएको जनाएको छ। सिफारिस गरिएका नामहरू केन्द्रमा पठाइने र अन्तिम निर्णय पार्टीको केन्द्रीय तहबाट हुने बताइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...