डडेल्धुरा: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) डडेल्धुरा शाखाको अध्यक्षमा करूणाकर भट्ट चयन भएका छन्। शाखाको आज (बुधवार) सम्पन्न भेलाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।
नवगठित समितिको उपाध्यक्षमा महेश महरा, सचिवमा मकेश भट्ट तथा कोषाध्यक्षमा यदुनाथ उप्रेती चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्णराज ओझा, लालबहादुर ओली, यज्ञबहादुर ऐर, कविन्द्रसिंह गैराल र हर्केशबहादुर साँकी चयन भएका छन्।
सल्लाहकार समिति संयोजकमा तीर्थराज जोशी चयन भएका छन्। नवनिर्वाचित समितिले जिल्लामा गुणस्तरीय शिक्षाको प्रवर्द्धन, विद्यार्थी, विद्यालय तथा शिक्षकहरूको हकहित संरक्षण र शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।
सचिव मकेश भट्टका अनुसार निजी विद्यालयहरूबीच सहकार्य, समन्वय र एकतामा थप मजबुती ल्याउँदै जिल्लाको शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य समितिले लिएको छ। नयाँ नेतृत्व चयनसँगै डडेल्धुराको निजी शैक्षिक क्षेत्रमा उत्साह र अपेक्षा बढेको छ।