Radio Unity 92.2MHz

माओवादीका विश्राम बने परशुराम–४ को वडाध्यक्ष

डडेल्धुराः परशुराम नगरपालिका–४ को वडाध्यक्षमा विश्रामसिंह बोहरा विजयी भएका छन्। माओवादी केन्द्रका उम्मेदवार बोहराले एमालेका दिलबहादुर बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्।

माओवादीका विश्रामले ७ सय २४ मत पाउँदा एमालेका दिलबहादुर बोहरा ६ सय ३६ मत ल्याए। यस वडामा माओवादीले महिला सदस्य, दलित महिला सदस्य र पहिलो सदस्य सदस्य जित्दा दोस्रो सदस्य भने नेपाली कांग्रेसले जितेको छ।

परशुरामको वडा नम्बर १ मा माओवादी, २ र ३ कांग्रेस विजयी भएको छ। पालिकामा माओवादी केन्द्रकै अग्रता रहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...