Radio Unity 92.2MHz

आइतवार साँझबाट अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

डडेल्धुराः आइतवार साँझबाट अवरुद्ध भीमदत्त राजमार्ग सुचारु भएको छ । शनिवार रातिबाट निरन्तर परेको अविरल वर्षाले आइतवार साँझ मेलखर्क नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको थियो ।

अवरुद्ध सडक खुलेपछि बाटोमै रोकिएका सवारीसाधन आ–आफ्नो गन्तब्य तर्फ लागेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी प्रहरी निरीक्षक कुसुम नायकले जनकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...