डडेल्धुरा: डडेल्धुरामा समाजवादी प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ।
शनिबार जिल्ला सदरमुकाममा प्रदेश कमिटी अध्यक्ष हिक्मतबहादुर सिंहको अध्यक्षता र केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा पहिलो पूर्ण बैठक सम्पन्न भएको हो।
बैठकले समाजवादी प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको कार्यालय धनगढीमा स्थापना गर्ने निर्णय गरेको महासचिव डिलबहादुर सिंहले जानकारी दिए। उनका अनुसार बैठकले ५ सदस्यीय सचिवालय पनि गठन गरेको छ।
सचिवालयमा अध्यक्ष हिक्मतबहादुर सिंह, उपाध्यक्ष तपेन्द्र कुँवर, महासचिव डिलबहादुर सिंह, सचिव सन्तोषप्रसाद जैशी र कोषाध्यक्ष समीक्षा जोशी रहेका छन्। बैठकले आसन्न उपनिर्वाचनका लागि मीन ठकुरीको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति गठन गर्ने पनि निर्णय गरेको महासचिव सिंहले बताए।
बैठकमा जिल्ला अध्यक्षहरूले जिल्लामा संगठनको अवस्थाबारेमा रिपोर्टिङ गरेका थिए।