Radio Unity 92.2MHz

परशुराममा किशोरी करणीको आरोपमा भीमबहादुर पक्राउ

डडेल्धुरा: डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको परशुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भीमबहादुर कठायत बिहीबार पक्राउ परेका हुन्। उनले किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले कठायतलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...