Radio Unity 92.2MHz

अजयमेरु गाउँपालिकाद्वारा शहीद परिवारलाई सम्मान, दियो दराज र फ्रिज

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले शहीद परिवारलाई सम्मान गरेको छ।

गाउँपालिकाले आइतबार आयोजना गरेको गत आर्थिक वर्ष २०८०/८१ को ‘वार्षिक सार्वजनिक सुनुवाइ’ कार्यक्रममा पालिकाका चार शहीद परिवारलाई सम्मान गरेको हो।

गाउँपालिकाले शहीद जयराज भट्ट, गौतम बोहरा, मानबहादुर पाल र जितसिंह ठगुन्नाका परिवारलाई सम्मान गरेको पालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।

उनका अनुसार सम्मान स्वरूप गाउँपालिकाले शहीद परिवारलाई एक/एक थान दराज र फ्रिज प्रदान गरेको छ। शहीद परिवारका सदस्यलाई गाउँपालिकाले उपाध्यक्ष बसन्ती पालले सम्मानपत्र दिँदै दोसल्ला ओढाएकी थिइन्।

पालिकाले हरेक वर्ष यहाँका शहीद परिवारलाई सम्मान गर्दै आएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...