Radio Unity 92.2MHz

डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक वृद्धको मृत्यु

डडेल्धुराः डडेल्धुरामा घरको बार्दलीबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका–८ टाँटर बस्ने ६५ वर्षीय गगन सार्की रहेका छन्।

घरको छानो बनाउने क्रममा घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएका गगनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उनी बिहीबार साँझ ६ बजे घाइते भएका थिए। उपचारका लागि डडेल्धुरा अस्पताल लग्दा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...