Radio Unity 92.2MHz

डडेल्धुरा जिप दुर्घटना अपडेट : एकको मृत्यु, एक धनगढी रिफर

डडेल्धुरा: डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार अपराह्न सवा ४ बजेतिर सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप अमरगढी नगरपालिका–५ पीपलचौतारा नजिकै नालीमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। उपचारका लागि डडेल्धुरा अस्पताल पुगाउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा ६ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया इश्वरीदेवी विष्ट, ८ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया झिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन्।

घाइतेमध्ये इश्वरीलाई धनगढी रिफर गरिएको र बाँकी सामान्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए। जिपमा चालकसहित ८ जना सवार थिए। चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...