Radio Unity 92.2MHz

अजयमेरुका अध्यक्ष भट्ट परिवारद्वारा सर्वाधिक धनराशिको अक्षय कोष स्थापना

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ को घरपरिवारले विद्यालयमा अक्षय कोष स्थापना गरेका छन्। अजयमेरु गाउँपालिका–४ चिपुरस्थित मणिलेक माविमा दुई लाख २५ हजारको अक्षय कोष स्थापना गरिएको हो।

सोमवार विद्यालयको ७४औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा स्वर्गीय बुवा रामदत्त भट्ट, सहिद दाइ जयराज भट्ट र श्रद्धय आमाको नामबाट भट्ट परिवारद्वारा कोष स्थापना गरिएको बताइन्छ।

विद्यालयको शैक्षिक वृद्धि विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताए। विद्यालयमा भट्ट परिवारले सबैभन्दा ठूलो धनराशिको अक्षय कोष स्थापना हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...