Radio Unity 92.2MHz

डडेल्धुराको आलितालमा रुख ढल्दा बुहारीको मृत्यु, सासू घाइते

डडेल्धुरा: डडेल्धुरामा रुख ढल्दा एक महिलाको मृत्यु भएको छ।

बुधवार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल गाउँपालिका–६ दोबाटास्थित रतन कामीको घरमाथि रुख ढल्दा उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीय राम कुँवरका अनुसार घरमाथिबाट ढलेको सल्लाको रुखले कामीको ज्यान लिएको हो। कोठामै रहेका बेला अचानक रुख खसेर उनको मृत्यु भएको कुँवरले जानकारी दिए।

उक्त घटनामा रविनाकी सासू आमा राधा कामी घाइते भएकी छन्। उनको कम्मर र टाउकोमा चोट लागेको छ।

प्रहरी घटनास्थलमा पुगेर घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताइन्छ। रविनाका एक छोरा र एक छोरी छन्। रुखले कामीको घर पनि पूर्णरूपमा क्षति पुर्‍याएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...