Radio Unity 92.2MHz

एसईई नजिता : अंग्रेजी विषयमा महेन्द्र मावि जिल्लाकै टप, १४३ विद्यार्थी उत्तीर्ण

डडेल्धुरा: एसईई २०८१ को परीक्षामा डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माध्यमिक विद्यालयले अंग्रेजी विषयमा उत्कृष्ट नतिजा हासिल गरेको छ।

देशभर अंग्रेसी विषय दोस्रो धेरै एनजी (नन ग्रेड) आउने विषयका रूपमा देखिएपनि महेन्द्र माविका विद्यार्थीहरूले अंग्रेजी विषयमा जिल्लामै सबैभन्दा राम्रो नतिजा ल्याएका छन्। विद्यालय स्रोतका अनुसार ११ जना विद्यार्थीले अंग्रेजी विषयमा सैद्धान्तिकतर्फ ‘ए’ प्लस ४ जीपीए प्राप्त गरेका छन्।

त्यसैगरी २२ जना विद्यार्थीले सैद्धान्तिकतर्फ ए ग्रेडसहित सफलता हासिल गरेका छन्। कुल १५१ जना परीक्षार्थीमध्ये १४३ जना विद्यार्थीले अंग्रेजी विषयमा उत्कृष्ट जीपीएसहित परीक्षा उत्तीर्ण गरेका छन्।

विद्यालयका अंग्रेजी शिक्षक ठाकुर भाटका अनुसार यस वर्षको एसईईमा विद्यालयबाट कुल ५७ जना विद्यार्थी समग्र रूपमा उत्तीर्ण भएका छन्। शिक्षक भाट तीन वर्षदेखि महेन्द्र माविमा कार्यरत छन्।

सूचना अधिकारी धर्मराज पन्तका अनुसार ३.०६१ देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थी ५ जना, ३.०२१ देखि ३.०६० जीपीए ल्याउने १२ जना, २.०८१ देखि ३.०२० जीपीए ल्याउने १२ जना र अन्य ग्रेडमा २८ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको समर्पण र परिश्रमले यस्तो सफलता सम्भव भएको जनाएको छ। जिल्लामै प्रथम हुने ग्रिन भ्याली बोडिङ स्कुल जोगबुढाकी छात्रा आकृति पाण्डेको अंग्रेजी विषयको सैद्धान्तिकमा ‘ए’ मात्रै छ। पाण्डेले ३.९५ जीपीए ल्याएर जिल्ला टप गरेकी छन्।

सम्बन्धित पाेष्टहरु
Loading...