Radio Unity 92.2MHz

डडेल्धुराका थप तीन पालिकामा सामी कार्यक्रम लागू हुने

डडेल्धुरा: डडेल्धुराका थप तीन स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लागू हुने भएको छ।

अमरगढी नगरपालिकाको रोजगार शाखाको आयोजनामा बिहीबार पत्रकार तथा सञ्चारकर्मीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो।

कार्यक्रम अधिकृत बिष्णु अर्यालका अनुसार हाल सुरक्षित आप्रवासन कार्यक्रम डडेल्धुरामा अमरगढी नगरपालिकामा मात्रै सञ्चालनमा छ। साउन १ गतेदेखि थप तीन स्थानीय तह अजयमेरु, भागेश्वर र आलिताल गाउँपालिकामा पनि लागू हुने भएको हो।

वैदेशिक रोजगारमा जाने तथा फर्किएका नेपाली कामदार र तिनका परिवारलाई सुरक्षित, मर्यादित र सशक्त बनाउने लक्ष्यसहित नेपाल सरकार र स्वीस सरकारको सहकार्यमा ‘सुरक्षित आप्रवासन (सामी)’ परियोजना सञ्चालन भइरहेको छ।

परियोजनाअन्तर्गत वैदेशिक रोजगारी सम्बन्धी सूचना, कानुनी सहायता, सीप विकास तालिम, मनोसामाजिक परामर्श तथा रेमिट्यान्स व्यवस्थापनसम्बन्धी सल्लाह उपलब्ध गराइँदै आएको अर्यालले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...