Radio Unity 92.2MHz

रजौडाका राउटेहरूलाई ट्र्याक सुट तथा टिसर्ट वितरण

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका- ४ रजौडाका  लोपोन्मुख राउटे जातिलाई ट्र्याक सुट तथा टिसर्ट वितरण गरिएकाे छ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उपप्रदेशिक कार्यालय डडेल्धुराले ट्रयाक सुट र टिसर्ट वितरण गरेको हो। संस्थागत सामाजिक उतरदायित्वाअन्तर्गत रजाैडाका राउते समुदायलाई पोसक वितरण गरेको इन्स्योरेन्सका प्रदेश उप प्रमुख टेकराज आचार्यले जानकारी दिए।

उनले वडामा रहेका २३२ जनालाई पोसाक वितरण गरिएको बताए। पोसाक वितरण कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका आचार्यले नगरपालिकाकामा गरिबको रेखामुनि रहेका समुदायको पहिचान गरि कपडाको अभाव र राम्रो कपडा लगाउनबाट वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताए।

कार्यक्रममा वडाध्यक्ष विश्राम सिह बोहराले लोपोन्मुख जातिलाइ वितरण गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा समेत यस्ता व्यक्तिको समग्र विकास र सक्षम बनाउनकाे लागि अरु सीपमूलक कार्यक्रमहरू गर्न पाए अझै सजिलो हुने बताए। सबै कुरामा राउटे जातिलाई अरु समुदाय सरह पुर्‍याउन सबैको सहयोग अपेक्षासमेत गरिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...