Radio Unity 92.2MHz

केआइसिंह राजमार्ग सञ्चालन, भीमदत्त अवरुद्ध

डडेल्धुरा: पहिरो खस्दा अवरुद्ध बनेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ। गन्यापधुरा गाउँपालिका–२ रडुवा खोला क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएकोमा अहिले सुचारु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सोमबार बिहान साढे ८ बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएकोमा १२ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।

उनका अनुसार पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। गन्यापधुरा गाउँपालिका– १ भात्काँडामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो। भीमदत्त राजमार्ग सुदूरपश्चिमका तराईका जिल्लाबाट सात पहाडी जिल्ला जोड्ने एकमात्र स्तरीय सडक हो।

राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेको छन्। पहिरो हटाउने प्रयास भइरहेको बताइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...