डडेल्धुरा: डडेल्धुरा कारागारबाट भागेका ३१ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बुधबार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ कैदीबन्दी भागेका थिए।
तीमध्ये ३१ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए।
३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै थिए। अहिले कारागारको स्थिति नियन्त्रणमा नै रहेको प्रहरी निरीक्षक विष्टले बताए। उनका अनुसार अन्य भागेका ५४ जनाको पनि खोजी कार्य भइरहेको छ।
नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्। तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको बताइन्छ। कारागारमा १ सय २७ बन्दी कैद भुक्तान गरिहेका छन्।