Radio Unity 92.2MHz

चट्याङले आलिताल–८ वडा कार्यालयको सेवा प्रभावित, पालिकाबाट सेवा दिइँदै

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–८ डोलास्थित वडा कार्यालय नजिकै रहेको सालको रुखमा चट्याङ पर्दा वडा कार्यालयमा क्षति पुगेको छ।

शुक्रबार बिहान करिब ४ बजेतिर परेको चट्याङका कारण वडा कार्यालयको विद्युत् सर्भिस तारमा क्षति पुग्दा सेवा अवरुद्ध भएको वडाध्यक्ष धनबहादुर देउवाले जानकारी दिए।

उनका अनुसार विद्युत् सेवा ठप्प भएपछि वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा प्रभावित भएका छन्। सेवा अवरुद्ध रहेकाले सेवाग्राहीलाई आवश्यक सेवा आलिताल गाउँपालिकाको मुख्य कार्यालयबाट उपलब्ध गराइने वडाध्यक्ष देउवाले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...