Radio Unity 92.2MHz

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पाण्डेय

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेय नियुक्त भएका छन्।

नवनियुक्त अध्यक्ष पाण्डेयले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्षले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

समितिको सदस्यमा विक्रम जैरू र शान्तिकुमारी बिष्टलाई नियुक्त गरिएको हो। अध्यक्ष पदका लागि २० र सदस्यका लागि १४ जनाले आवेदन दिएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...