डडेल्धुरा: नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सुदूरपश्चिम भूगोलबाट युवा क्लस्टरतर्फ डडेल्धुराका इन्जिनियर भुवनराज भट्ट विजयी भएका छन्।
भट्टले ३ हजार ५२९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा जित हासिल गरेका हुन्। उनी विजयी हुँदा डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशी भने पराजित भएका छन्। जोशीले ७४० मत प्राप्त गरेका छन्।
युवा क्लस्टरतर्फ केन्द्रीय सदस्यका अन्य उम्मेदवारमध्ये योगेन्द्र रावलले ८९८, सन्तोष खड्काले ८१८ र धिरज शाहीले ६६० मत प्राप्त गरेका छन्। सुदूरपश्चिम भूगोलबाट युवा क्लस्टरतर्फ भएको निर्वाचनमा कुल ६ हजार ८७३ मत खसेको थियो।