डडेल्धुराः नेकपा एमाले डडेल्धुराको जिल्ला अधिवेशनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा एकजना अध्यक्ष पदका लागि २ जनाको उमेदवारी परेको छ।
वर्तमान अध्यक्ष प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन) ले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन्।
यसैगरी एक उपाध्यक्ष पदका लागि ४ जनाको उमेदवारी परेको छ। उपाध्यक्षमा केशव बोहरा, खडकबहादुर बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ।
यस्तै एक सचिव पदका लागि २ जनाको उमेदवारी परेको छ। सचिव पदमा करन ताम्राकार र गजेन्द्र शाहीले उमेदवारी दर्ता गराएका छन्।
यसैगरी २ उपसचिव पदका लागि ३ जनाको उमेदवारी परेको छ। उप–सचिवमा अन्जु गैरी, मीन बोगटी र शान्ती भट्ट जोशीको उमेदवारी परेको छ।
यस्तै, खुला सदस्य (खुला १९ र महिला १० गरि) २९ पदका लागि ५६ जनाको उमेदवारी परेको छ । भौगोलिक क्षेत्रबाट नगरपालिका क्षेत्रमा दुई नगरपलिकामा १० जना खुला र ६ जना महिला गरि १६ पदका लागि १५ जनाको उमेदवारी परेको छ। गाँउपालिका क्षेत्रमा १५ जना खुला र १० जना महिला गरि २५ पदका लागि २४ जनाको उमेदवारी परेको निर्वाचन अधिकृत नरेन्द्र रोकायाले जानकारी दिए।
दलित सदस्य (८ खुला र ४ महिला गरी) १२ पदका लागि १३ जनाको उमेदवारी परेको छ। आदीवासी जनजातीतर्फ १ खुला र १ महिला गरी २ पदका लागि ३ जनाको उमेदवारी परेको छ । यस्तै, घाइते अपाङ्गतर्फ १ पदका लागि १ जना बमबहादुर थापा मगरको मात्रै उमेदवारी दर्ता भएको छ।
हेर्नुस् कसको उम्मेदवारी कुन पदमा :