डडेल्धुरा: डडेल्धुरा जिल्ला क्रिकेटको संघको अध्यक्षमा हरिप्रसाद उप्रेती निर्विरोध चयन भएका छन् । बिहीबार जिल्ला सदरमुकाममा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा जगदीश पनेरु, सचिवमा निरज रावल र कोषाध्यक्षमा देवकी भट्ट भएकी छन् । आगामी ४ वर्षका लागि संघको नयाँ कार्यसमिति चयन भएको र यो कार्यसमितिले क्रिकेटको विकासका लागि पहल गर्ने अध्यक्ष उप्रेतीले बताएका छन् ।
संघको सदस्यमा लालबहादुर साउँद, वीरबहादुर साहु, सुरेन्द्रबहादुर साहु, मनोज पाठक, हर्क घिमिरे, बासुदेव जोशी, रवीन्द्र केसी, विष्णुराज ओझा र दीपक गरुङ रहेका छन् ।