Radio Unity 92.2MHz

डडेल्धुरामा ‘स्मार्ट लकडाउन’ जारी, के गर्न पाइन्छ, के गर्न पाइँदैन?

डडेल्धुरा: डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु हुने जनाएको छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो ।

प्रशासनको आदेशअनुसार जिल्ला संचालनमा रहेका नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, पटके हाट बजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म संचालन नगर्न भनेको छ ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा माघ मसान्तसम्म भौतिकरूपमा उपस्थितिमा संचालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ संचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्ष, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने नेपाल सकारकारको पुस ३० गतेको आदेश बमोजिम गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । अन्य गतिविधिहरूका सम्बन्धमा पुस २८ गतेको आदेश बमोजिम नै हुने जनाइएको छ ।

प्रशासनको आदेश

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।