Radio Unity 92.2MHz

हिउँले ढाकेको डडेल्धुरा सदरमुकाम (फोटो फिचर)

डडेल्धुराः डडेल्धुरा सदरमुकाम क्षेत्रमा दुई वर्षपछि हिमपात भएको छ। बिहीबार साँझदेखि जिल्ला सदरमुकाम क्षेत्रमा हिमपात भइरहेको हो।

जिल्लाको उच्च लेकाली भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो। बाक्लो परेको हिमपातमा यहाँका स्थानीयवासी रमाउन थालेका छन्।

हिउँसँग खेल्नेको भीडले हिउँ परेका क्षेत्र भरिभराउ देखिन्छन्। गर्मी सुरु हुनै लाग्दा भएको हिमपातले पुनः चिसो बढेको छ।

हिमपातसँगै सेताम्मे भएका डाँडापाखामा हिउँसँग रमाउने युवायुवतीहरुको ताँती छ। हिमपातले जनजीवन कष्टकर भएपनि कृषक भने हर्षित छन्। हिउँका कारण खेतीपाती राम्रो हुने भन्दै कृषक हर्षित बनेका हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...